Logo
Logo

अहिलेको चुनौती भनेको समाजलाई भ्रष्टीकरणबाट मुक्त गर्नु हाे : अध्यक्ष नेपाल


189
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति सहज ढंगले अघि नबढेको बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपाली समाज भ्रष्टीकरणमा फस्दै गएको बताएका हुन् ।

राजनीति सहज बनाउन नेपाल र नेपाली जनतालाई केन्द्रविन्दुमा राख्नुपर्नेमा अहिलेका नेता र कार्यकर्ताहरु भ्रष्टाचारको चंगुलमा फस्दै गएको उनको भनाइ छ । अध्यक्ष नेपालले भने, ‘अहिलेको चुनौती भनेको नेपाली समाजलाई भ्रष्टीकरणबाट मुक्त गर्नु हो । राजनीतिक दलका नेता र कार्यकर्ता भ्रष्टीकरणबाट बाहिर ननिस्किए राजनीति सहज ढंगले अघि बढ्न सक्दैन ।’

उनले सबैले किताब पढ्ने बानी बसाल्नुपर्ने पनि बताए । आफू जेलमा रहँदा अधिकांश समय किताब पढेर समय बिताउने गरेको स्मरण गर्दै अध्यक्ष नेपालले भने, ‘अहिले किताब पढ्ने समय नै मिल्दैन । कहीँ गयो कि कार्यकर्ताले घेरी हाल्छन् । थुनामा हुँदा धेरै किब पढियो ।’

प्रतिक्रिया दिनुहोस्