Logo
Logo

माओवादी संसदीय दलको बैठक जारी


2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु भएको छ । बैठक माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा केहि बेरअघि सुरु भएको हो ।

बैठकमा जेठ १५ गते संसद्मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल भइरहेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट मंगलबार प्रस्तुत गरेका थिए । बजेटमाथि संघीय संसदमा आइतबारदेखि छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्