Logo
Logo

६० किलो सुन तस्करी प्रकरण थप एकजना पक्राउ


504
Shares

काठमाडौं । ६० किलो अवैध सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिमपाटबाट काभ्रेका थर्कमान लामालाई पक्राउ गरेको हो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । लामाको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ ।

राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो । पछि उक्त सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्