Logo
Logo

हावाहुरीमा परी पर्सा र गोरखामा २ जनाको मृत्यु


1.4k
Shares

काठमाडौं । बिहीबार साँझ आएको हावाहुरीमा परी गोरखा र पर्सामा २ जनाको मृत्यु भएको छ । हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहीदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगरको ज्यान गएको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिए ।

हावाहुरीका कारण गोरखामा दुई दर्जनभन्दा धेरै घरका छाना उडाएको र खेतीबालीमा समेत क्षति पुगेको छ । त्यस्तै वर्षासँगै आएको हावाहुरीले पर्साको विन्दबासिनी गाउँपालिका–२ गर्दौलमा १ सय ७ वर्षीय वृद्ध गुदेरी साहको ज्यान गएको छ । हावाहुरीले उडाएर ल्याएको जस्तापाताले काटेर उनको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्