Logo
Logo

नेपालगञ्जमा १५० नयाँ ‘ट्रान्सफर्मर’ थप्नुपर्ने


315
Shares

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा अत्यधिक गर्मीले जनजीवन कष्टकर भएका बेला विद्युत् सेवा अनियमित हुँदा थप समस्या भएको छ । विद्युत्को माग बढी भएकाले ‘ओभरलोड’ हुँदा विद्युत् अनियमित हुनेलगायतका समस्या देखिएका नेपालगञ्ज विद्युत् वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अत्यधिक गर्मी बढिरहेका अवस्थामा विद्युत्सँग सम्बन्धित समस्या देखिँदा थप समस्या भएको तर वितरण केन्द्रले तदारुकताका साथ तत्काल समस्या समाधानको पहल गरिरहेको बताए । उनले विद्युत् अनियमित हुन नदिन वितरण केन्द्रले चारवटा ‘सर्किट’ मार्फत विद्युत् आपूर्ति गरिरहेको उहाँले जानकारी दिऐ ।

‘हुरी तथा ओभरलोडका कारण हुने समस्या समाधानका लागि तत्काल मर्मतका काम गरिरहेका छौँ, बिग्रेका र पुराना ट्रान्सफर्मर बदल्न एक सय ५० नयाँ ट्रान्सफर्मर माग भरेका छौँ, त्यसपछि केही सजिलो हुनेछ । साथै विद्युत् अनियमित नहोस् भनेर भारतबाट समेत विद्युत् आपूर्ति गर्न स्विच जडान गरिएको छ’, उनले भने ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले विद्युत् अनियमितताको समस्या समाधानका लागि पहल गर्न भन्दै एउटा समिति बनाएको छ । अध्यक्ष टङ्कबहादुर धामीको संयोजकत्वमा गठित समितिले बिहीबार नेपालगञ्ज र कोहलपुर वितरण केन्द्रसँग लिखितरूपमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउने, विद्युत् नियमित गर्नका अल्पकालीन र दीर्घकालीन समस्या समाधानका उपाय पहिचान गर्ने निर्णय गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्