Logo
Logo

बालेनको पूर्वनिर्धारित सिंगापुर भ्रमण रद्द


252
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सिंगापुरको भ्रमण रद्द गरेका छन् । मेयर बालेन आगामी जेठ २० देखि २२ सम्म सिंगापुरमा हुने नवौँ वर्ल्ड सिटी समिटमा भाग लिन सिंगापुर जाने कार्यक्रम तय भएको थियो ।

जसका लागि उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सरकारलाई स्वीकृतिका लागि आग्रह गरेका थिए ।  तर, कार्यव्यस्तताका कारण उनको भ्रमण रद्द गरिएको प्रमुख स्वकीय सचिव भूपदेव साहले जानकारी दिए । 

‘अहिले कार्यव्यस्तताका कारण भ्रमण रद्द गरिएको हो,’ उनले भने । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पनि भ्रमणका लागि स्वीकृति दिइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्