Logo
Logo

आज देशका यी भू-भागमा वर्षाको सम्भावना


567
Shares

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायूको आंशिक प्रभावका साथै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बांग्लादेशसम्म फैलिएको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश केही स्थानमा मेघगर्जन/चट्या्ङ्ग हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

शनिबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखले जनाएको छ । त्यस्तै, कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्या्ङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानहरु र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा राति मेघगर्जन÷चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्