Logo
Logo

एमाले संसदीय दलको बैठक बस्दै


693
Shares

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेस प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुनेछ ।

पछिल्लो समय सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षी दलहरूसँग उठबस बढाएपछि केन्द्रीय राजनीतिमा तरंक पैदा भएको छ । त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक गरेको अगामी आर्थिक वर्षको बजेटमाथि भोलिदेखि संसदमा छलफल सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्