Logo
Logo

बजेट एकातिर ढल्किएको जस्तो देखिन्छ : केपी ओली


819
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट एकातिर ढल्किएको जस्तो देखिएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटसरकारमा सहभागी दलहरुसँग परामर्श नगरी ल्याउँदा रकमको बाँडभाँडपनि ढल्केजस्तो देखिन गएको टिप्पणी गरे ।

‘छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने ।

उनले बजेट अर्थमन्त्री र उनको दलको जस्तो बनेको टिप्पणी गरेका छन् । शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै यो विषय गम्भीर त्रुटि रहेको भन्दै संसदमा खुलस्त छलफल गर्ने बताए ।

सांसदहरुले आफ्नो क्षेत्रमा बजेटको अवस्था के छ, कटौती भएको छ र अन्य क्षेत्रमा गएको छ भने कुरा उठाउन सक्ने उनले बताए ।

‘हामी बजेटलाई समर्थन गर्छौं र पारित गर्छौं । यसको अर्थ बजेटमा रहेको कुनै पनि कमी औंल्याउनुहुँदैन भन्ने होइन’, उनले भने ‘यदि एउटालाई अनुकुल अर्कोलाई प्रतिकुल भयो भने त्यो कुरा भन्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्