Logo
Logo

रियलले जित्यो १५ औँ च्याम्पियन्स लिगको उपाधि


567
Shares

काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले १५ औँ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि उचालेको छ ।

लन्डनस्थित बेम्ब्ली स्टेडियममा शनिबार राति भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० गोल अन्तरले हराउँदै रियलले १५ औँ पटक लिगको उपाधि उचालेको हो ।

च्याम्पियन्स लिगमा रियलपछि एसी मिलानले ७ पटक उपाधि जितेको छ । रियललाई उपाभि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले गोल गरे। दुवै गोल खेलको दोस्रो हाफमा सम्भव भयो ।

खेलको ७४ औा मिनेटमा कार्भाजालको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो । ८३ औं मिनेटमा भिनिसियस जुनियरले अग्रता दोब्बर पारे ।

डर्टमुण्ड १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ । पछिल्लो पटक डर्टमुण्ड २०१३ मा च्याम्पियन्स लिग फाइनल पुगेको थियो । त्यो बेला डर्टमुण्ड, बायर्न म्युनिखसँग २–१ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्