Logo
Logo

सशस्त्र प्रहरीले सुनसरीबाट समात्यो १ करोड १ लाख


4.1k
Shares

काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीबाट १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ ।

शनिबार राति सुनसरीको हरिनगर गाँउपालिका–५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरीको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।

बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख ) र ५ सय दरको ८ सय थान (४ लाख )रहेको सशस्त्र प्रहरीले जनाएको छ । रकमसँगै कार र चालक हरिनगर गाँउपालिका–५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई नियन्त्रणमा लिइएको छ ।

यद्यपी उक्त रकमको स्रोत खुल्न सकेको छैन । नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि रजाश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्