Logo
Logo

देउवालाई भेट्दैमा कोही आत्तिनु पर्दैन: माधव नेपाल


378
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरुसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताए ।

उनले सबैले नेताहरुसँग भेट गर्न र सम्पर्क बढाउन पाउने बताए। उनले सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको पनि बताए।

उनले देशको राजनीति कति बेला के हुन्छ भन्नसक्ने स्थितिमा नरहेको बताए । उनले आफ्नो पार्टी दुईवटा नाउमा खुट्टा हिँड्ने खाले नरहेको बताए ।

उनले भने, ‘हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ । सबैले नेताहरुसँग सम्पर्क गर्न पाउँछन् । हामी पनि पाउँछौँ । अन्यथा रुपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन । त्यही सिलसिलामा मैले प्रधानमन्त्रीसँग असमझदारी नहोस् भनेर मैले प्रधानमन्त्रीलाई फोन पनि गरेँ। उहाँले भन्नुभयो, ठिक छ, सम्बन्ध सबैसँग राख्नुपर्छ तर कमिटमेण्ट फाइनल नगरिदिनु होला । कति बेला के हुने हो भन्ने स्थिति थियो र विश्वास छ, एउटा समझदारी भइसकेपछि त्यसै आधारमा अघि बढिन्छ। हामी दुईवटा नाउमा खुट्टा राखेर हिँड्दैनौँ ।’

उनले अहिलेको अन्योललाई टुंग्याउनैपर्ने अवस्था रहेको बताए। उनले सरकारमा बस्ने कि नबस्ने भन्नेमा पार्टीको बैठकले टुंगो लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्