Logo
Logo

हिमालयन बैंकको विराटनगर शाखा-२ स्थानान्तरण


378
Shares

विराटनगर । नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा-२ लाई स्थानान्तरण गरिएको छ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् विराटनगर शाखा-२ स्थान्तरण भएको हो । उक्तशाखालाई रोडशेष चोक शाखा, विराटनगरको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।

उद्योग वाणिज्य संगठन मोरङ्गका अध्यक्ष राकेश सुराणा तथा बैंकका कोशी प्रदेशका प्रदेश प्रमुखसन्तोष पराजुलीले बैंकका अन्य कर्मचारीहरुको उपिस्थतिमा शाखाको उद्घाटन भएको थियो ।

हाल बैंकले नेपाल भरी फैलिएका १ सय ७४ शाखा, २० विस्तारित काउन्टर, २ सय ६४ एटिएम, ६ हजार ५ सय भन्दा बढी पोष्ट ट्रमिनल्स र १७ हजार बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्