Logo
Logo

लक्ष्मी सनराइज बैङ्कले गर्‍यो नेपालगन्जमा सेवा विस्तार 


0
Shares

नेपालगन्ज । लक्ष्मी सनराइज बैङ्कले नेपालगन्जमा शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।  नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा न. २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ । 

स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरूले सोही उपमहानगरपालिकाको वडा न. १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैङ्कले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरूलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरू प्रदान गर्नेछ ।

साथै, बैङ्कले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवा स्थित सिद्धार्थनगर नगरपालिकाको वडा न. ५ र ८ मा रहेका २ वटा शाखा गाभी सोही नगरपालिकाको वडा न. ७, नारायण स्थान (साबिक सनराइज बैंकको शाखा रहेको स्थानभन्दा ७०० मिटर उत्तरतर्फ) बाट संयुक्त कारोबार सुरु गरेको छ ।    

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५ ४ शाखा, ३१८ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्