Logo
Logo

सफारी जिप दुर्घटनामा ६ पर्यटक घाइते


126
Shares

चितवन । पर्यटक बोकेको जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । खैरहनी नगरपालिका–१२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ४ च ८८५५ नम्बरको सफारी जिप अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा घाइते सबै भारत मुम्बई बेण्डाली थानाका हुन् ।

घाइते हुनेमा ५२ वर्षे सुस्मिता सुदेश खाडिया, ७४ वर्षे रेखारामचन्द्र जादव, ६० वर्षे सुदेशशङ्कर खाडिया, ६४ वर्षे बिजय मोरे, ५८ वर्षे बैशाली गुप्तेश्वर, ६२ वर्षे पङ्कज गुप्तेश्वर छन् ।

घाइतेहरुको रत्ननगर र भरतपुरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक चितवन रत्ननगर नगरपालिका–४ का ४५ वर्षे सन्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्