Logo
Logo

पूर्वसहसचिव सावित्री राजभण्डारी सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर


945
Shares

काठमाडौं । सर्वोच्च अदालतले पनि पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतकै फैसला सदर हुने निर्णय सुनाएको छ ।

विशेष अदालतले पूर्वसहसविच राजभण्डारीलाई भ्रष्टाचारी ठहर गर्दै १ वर्ष कैद सजाय सुनाएको थियो। साथै २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ बिगो र त्यति नै जरिवाना असुल हुने फैसला विशेषले गरेको थियो ।

२०२२ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी राजभण्डारी अवकाश पाउने समयमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा सहसचिव थिए । उनी लामो समय अर्थ मन्त्रालय र मातहतका निकायमा बसेका थिए ।

सावित्री पूर्वनिर्वाचन आयोगका प्रमुख आयुक्त अच्युतनारायण राजभण्डारीकी पत्नी हुन् ।
सावित्रीसँगै उनले भ्रष्टाचारबाट कमाएको सम्पत्ति लुकाएको अभियोगमा विवाहिता छोरी मोनिसा राजभण्डारी (बस्नेत) पनि दोषी ठहर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्