Logo
Logo

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक


945
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो साढे १२ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा महाधिवेशनको तयारी लगायत विषयमा छलफल हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकले मधेश प्रदेशमा रहेका आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने विषयमा समेत निर्णय लिनेछ ।

मधेसका मुख्यमन्त्री सरोज यादव अल्पमतमा परेपछि त्यहाँ नयाँ सरकार गठनको तयारी छ । त्यसैले केन्द्रका गठबन्धन दल एमाले–माओवादीले एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्