Logo
Logo

सुपर ओभरमा ओमानलाई पराजित गर्दै नामिबिया विजयी


2.5k
Shares

काठमाडौं । नामिबियाले आईसीसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा नामिबियाले सुपर ओभरमा ११ रनले ओमानलाई पराजित गरेको हो ।

जारी विश्वकपमा पहिलो पटक सुपर ओभरबाट नतिजा आएको हो । सुपर ओभरमा नामिबियका डेविट वाइस र गेहार्ड इरास्मस ब्याटिङमा आएका थिए । ओमानका विलाल खानले बलिङ गरेका थिए । सुपर ओभरमा नामिबियाले २१ रन बनाएको थियो ।

वाइसले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा २ रन र चौथो बलमा १ रन लिए । पाचौँ र छैटौँ बलमा इरासमसले लगातार चौका प्रहार गरे ।

सुपर ओभरमा २२ रनको लक्ष्य पाएको ओमानका लागि नसिम खुसी र जिसन मब्सुद ब्याटिङमा आए । डेविट वाइस बलिङमा आए । ओमानले १ विकेट गुमाएर १० रन मात्र बनायो। तेस्रो बलमा नै ओमानका नसिन खुसी आउट भए ।

ओमानले १ सय १० रनको मध्यम लक्ष्य पछ्याएको निामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्