Logo
Logo

ओलीलाई बालेनको सुझावः गिरिबन्धु पीडितको बैना फिर्ता गर्नुहोला, नत्र जेल जानुपर्ला


3.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टी–स्टेट पीडितको बैना फिर्ता गर्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत मेयर बालेनले दश हजार करोडको गिरीबन्धु काण्ड लुकाउन ओलीले अन्य विभिन्न काण्ड गरेर जनतालाई झुक्याउने प्रयास गरिरहेको भन्दै पीडितको बैना फिर्ता गर्न सुझाव दिएका हुन् ।

अन्यथा पीडितको बैना फिर्ता नदिए साँच्चैको नयाँले फाइल पल्टाउने र जेल जानुपर्ने अवस्था आउने चेतावनी समेत दिएका छन् । उनले भनेका छन्, ‘समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’

उनले त्यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा काठमाडौँ महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थालेको बताएका छन् ।

उनले भनेका छन्, ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।’

प्रतिक्रिया दिनुहोस्