Logo
Logo

सरकारको वार्षिक प्रतिवेदन संसदमा पेश


630
Shares

काठमाडौं । नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷८० पेश गरेका हुन् ।

त्यस्तै बैठकमा प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गरेका छन् । बैठकमा अहिले आर्थिक वर्ष २०८१÷८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्