Logo
Logo

साफ महिला फुटबल च्याम्पियनसिप नेपालमा हुने


1.5k
Shares

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप २०२४ नेपालमा आयोजना हुने भएको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।

अक्टोबर १७ देखि ३० सम्म हुने प्रतियोगिताका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको यस संस्करणमा दक्षिण एसियाका सात वटै देशको सहभागिता रहने समेत साफले जनाएको छ । यो निर्णयसँगै नेपाल साफ महिला च्याम्पियनसिपको लगातार तीन संस्करण आयोजना गर्ने पहिलो राष्ट्र बन्ने भएको छ ।

यसअघि २०२२ मा भएको पछिल्लो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो । सो संस्करणमा नेपाल फाइनलमा बंगलादेश विरुद्ध पराजित भएको थियो । सो खेल बंगलादेशले ३–१ ले जितेको थियो । भारतले अहिलेसम्म पहिलो ५ संस्करण जितेको छ भने नेपाललाई चार पटक र बंगलादेशलाई एक पटक फाइनलमा हराएको छ ।

प्रतिक्रिया दिनुहोस्