Logo
Logo

नेपालको हवाई क्षेत्र एक दशकदेखि ईयूको कालोसूचीमा


126
Shares

काठमाडौं । सन् २०२४ मा पनि नेपालको हवाई क्षेत्र युरोपेली युनियन (ईयु)को कालोसूचीमा परेको छ । सन् २०१३ देखि ईयूको कालोसूचीमा परेको नेपालको हवाई क्षेत्र २०१४ मे ३० मा ईयुले अपडेट गरेको नयाँ सूचीमा पनि कालोसूचीमा परेको हो ।

ईयूले हरेक ६÷६ महिनामा यस्तो सूची अपडेट गर्दै आएको छ । तर, सन् २०१३ मा ईयूको कालोसूचीमा परेको नेपालको हवाई क्षेत्र हालसम्म पनि उक्त सूचीबाट हट्न सकेको छैन ।

अन्तराष्ट्रिय नियमनकारी निकाय अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले नेपाललाई गम्भीर सुरक्षा चासो (एसएससी) सूचीमा राखेपछि ईयूले नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयर लगायतका नेपाली वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उड्न नपाउनेगरी कालोसूचीमा राखेको थियो ।

सन् २०१७ देखि नेपाल आईकाओको गम्भीर सुरक्षा चासो सूचीबाट हटेको थियो । तर, ईयूको कालोसूचीबाट भने अझै हट्न सकेको छैन ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000