Logo
Logo

सशस्त्र प्रहरीले गर्‍यो नेपाल-चीन सीमाको २ नम्बर सीमा स्तम्भ अनुगमन


126
Shares

बझाङ । सशस्त्र प्रहरी बलले बझाङ जिल्लाको साइपाल गाउँपालिका–४ उरईस्थित नाग्ना डाडामा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच सीमामा रहेको सहायक सीमा स्तम्भ नं.२ को अनुगमन गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जनकराज पन्तको कमाण्डमा यही जेठ १३ गते त्यसतर्फ गएको सशस्त्रको टोली १७ गते विहान सीमा स्तम्भ भएको स्थानमा पुगेको थियो ।

समुन्द्र सतहबाट ५ हजार २ सय मिटर उचाइ तथा भौगोलिक रुपमा अत्यन्त विकट र हाई अल्टिच्युडका बावजुद सशस्त्र प्रहरी बलको टोली पहिलो पटक त्यहाँ पुगेको हो ।

जेठ १३ गते त्यसतर्फ गएको टोलीले १७ गते सीमा स्तम्भ तथा सीमाक्षेत्रको अनुगमन गरी २० गते सदरमुकाम फिर्ता आएको छ ।

साइपाल गाउँपालिका–४ धुलीसम्म मानव बस्ती रहेको स्थानबाट ३ दिन पैदल यात्रापछि मात्र पुग्न सकिने सीमास्तम्भ सदरमुकामबाट ११७ किलोमिटरको दूरीमा रहेको छ ।

सदरमुकामबाट २८ किलोमिटर सवारीसाधनमा गएको सशस्त्रको टोली त्यसपछि पैदल गएको थियो। सीमा स्तम्भ भएको स्थानसम्म पुग्न यात्राका क्रममा सशस्त्र प्रहरीको टोली विभिन्न स्थानमा पाल टाँगेर वास बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्