Logo
Logo

डिशहोम फाइबरनेटको विशेष ‘स्मार्ट अफर’ सार्वजनिक 


378
Shares

काठमाडौं । डिशहोम फाइबर नेटले विशेष ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ । ग्राहकको सन्तुष्टि अभिवृद्धि गर्न र राम्रो मूल्य प्रदान गर्न यो सेवा ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीले यो कार्यक्रममार्फत इन्टरनेट र डिटीएच (टी.भी) सेवाहरूमा विभिन्न उपभोक्ता उत्पादनहरूमा उल्लेखनीय छुटहरू प्रदान प्रदान गर्ने जनाएको छ । कम्पनीका अनुसार ग्राहकहरूले अब नयाँ इन्टरनेट र डिटीएच जडानहरू वा नवीकरणहरूमा विशेष अफरहरू लिन सक्ने छन् ।

तीन हजार तीन सय ५० पर्ने मिभी डुओपोड्स के६ एअरबड्सलाई यो अफरमा भने ग्राहकहरूले मात्र एक हजार छ सय ४९ मा पाउन सक्नुहुनेछ । त्यस्तै नौ हजार नौ सय ९९ पर्ने फायर–बोल्ट ग्लेडिएटर स्मार्टवाचलाई यो अफरमा मात्र दुई हजार नौ सय ९९ मा लिन सक्नेछन् । डिजिटल होम इन्टरनेशनल (डिएचआइ)बाट साना देखि ठूला होम अपलायनसेसमा विशेष छुट लिन सकिने छ ।

एअरबड्स र स्मार्टवाच लिनको लागि न्यूनतम छ म हिना प्याकेजको साथ नयाँ डिशहोम फाइबर नेट वा डिटीएच कनेक्सन जडान गरेको हुनु पर्ने छ । अथवा आफूले चलाइरहेको डिशहोम फाइबर नेट वा डिटीएच कनेक्सनको प्याकेज कम्तीमा ६–महिनाको लागि रिचार्ज गर्न सक्ने छन् ।

होम अपलायनसेसमा भारी छुट लिनको लागि भने ग्राहकले १२ महिनाको इन्टरनेट वा डिटीएच नयाँ जडान वा रिचार्ज गरेको भए देखी सबै डिएचआई प्रोडक्टहरुमा १८% छुट पाउन सक्नेछन् । त्यसतै २४ महिने इन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा भने २४% छुट पाउने छन् ।

यो विशेष अफरले डिशहोमका ग्राहकहरूका लागि मनोरञ्जन अनुभवलाई अपग्रेड मात्र गर्दैन तर अत्यावश्यक घरेलु उपकरणहरूमा पनि पर्याप्त बचत प्रदान गर्दछ । सीमित समयको अफरको फाइदा लिन ग्राहकहरूको फाइदाहरू अधिकतम बनाउन प्रोत्साहित गरिने कम्पनीले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्