Logo
Logo

सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट भयो भन्न मिल्दैन: महेश बर्तौला


189
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सुझाव राखेकै कारण सत्तारुढ दलहरुको खटपट शुरु भयो भन्नेकुरा गलत भएको बताएका छन् ।

सोमवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सुझाव दिएकै कारण नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को बीचमा असन्तुष्टि हुन लागेको भन्ने कुरामा सत्यता नरहेको स्पष्ट पारे।

उनले बजेटमा सत्ता पक्षका सांसदहरुले पनि आफ्नो कोणबाट सुझाव दिन उपयुक्त हुने बताए । उनले बजेटप्रति एमालेको आक्रोस, नकारात्मक टिप्पणी र असन्तुष्टि नभइ सुझावहरु मात्रै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्