Logo
Logo

गृहकार्य नगरेको निहुँमा विद्यार्थी कुट्ने शिक्षक पक्राउ


630
Shares

काठमाडौं । गृहकार्य नगरेको र अक्षर नराम्रो भएको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–३२ मा रहेको युनिभर्स इंग्लिस बोर्डिङ स्कुका शिक्षक सुदिप अधिकारी पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पक्राउ गरेको हो ।

उनले कक्षा ५ मा अध्ययनरत ९ वर्षीय एक विद्यार्थीलाई गृहकार्य नगरेको र अक्षर नराम्रो भएको भन्दै कुटपिट गरेको आरोप छ ।

कास्कीको रुपा गाउँपालिका–६ घर भएका शिक्षक अधिकारीविरुद्ध बालबालिका सम्बन्धी ऐन अन्गर्तगको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्