Logo
Logo

अमरगढी किल्लामा अमरसिंह थापाको पूर्णकदको शालिक अनावरण


567
Shares

डडेल्धुरा । जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको पूर्णकदको शालिक अनावरण गरिएको छ । अमरगढी किल्लामा रहेको काजी थापाको पुरानो सालिक हटाएर नयाँ राखिएको हो ।

अमरगढी नगरपालिकाद्वारा सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख डिल्लीराज जोशीले बडाकाजी थापाको पूर्णकदको नयाँ सालिक अनावरण गर्दै यसअघि राखिएको शालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने गुनासो आएपछि पूर्णकदको नयाँ शालिक राखिएको बताए ।

‘धेरैले बडाकाजी थापाको अनुहारसँग किल्लामा रहेको शालिकको अनुहार नमिल्ने गुनासो गरेका छन्’, उनले भने, ‘एक वर्षको प्रयासपछि अहिले नयाँ शालिक अनावरण गरेकाछौँ ।’ अमरगढी किल्ला जीवन्त किल्लाका रूपमा रहेको छ ।

नेपाल एकीकरणका बेला बडाकाजी थापाले डोटेली राज्यको डडेल्धुरालाई आधार क्षेत्र बनाइ कुमाउ गडवालसम्म युद्ध लडेको इतिहास छ । रणबहादुर शाहको शासनकाल विसं १८४७ मा नेपाल एकीकरण सिलसिलामा डोटेली राज्यको नारी दाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्यमा गाभिएको इतिहास जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्