Logo
Logo

भारतमा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका ५ नेपालीको मृत्यु


1.3k
Shares

काठमाडौं । भारतको कर्नाटक राज्यस्थित बेंग्लोरमा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ । बेंग्लोरस्थित यलहंका भन्ने ठाउँमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा बझाङ जयपृथ्वी नगरपालिका– ११ निवासी ३२ वर्षीय मदन बोहराको परिवारका पाँच सदस्यको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३२ वर्षीय मदनका साथै उनकी पत्नी ३० वर्षीया प्रेमजला, छोरीहरू ११ वर्षीया निता र आठ वर्षीया अनिता तथा चार वर्षीय छोरा प्रशान्त रहेको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले घटनाबारे राजदूतावासले स्थानीय प्रहरीसँग समन्वय गरेको र नेपालमा परिवारका सदस्यलाई खबर पठाइएको बताए । मृतकको शव व्यवस्थापनमा बेंग्लोरस्थित नेपाली समुदाय र राजदूतावास मिलेर अगाडि बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्