Logo
Logo

पोखरामा विद्यार्थी कुट्ने शिक्षक पक्राउ


378
Shares

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–३२ स्थित युनिभर्स इङ्लिस बोर्डिङ स्कुलका शिक्षक पक्राउ परेका छन् ।
कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालकलाई कुटपिट गरेको अभियोगमा आइतबार सोही स्कुलका शिक्षक रूपा गाउँपालिका–६ खोलाको छेउ बस्ने ३२ वर्षीय सुदिप अधिकारीलाई पक्राउ गरिएको हो ।

अधिकारीले ती बालकलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भनी लट्ठीले प्रहार गरी घाइते बनाएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनी उपर जिल्ला अदालत कास्कीबाट बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्