Logo
Logo

बालेनलाई योगेशको प्रश्न- काठमाडौंलाई सुन्दर बनाउने योजना के छ ?


189
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा नेता भट्टराईले काठमाडौं महानगरका मेयर शाहले राजनीतिक व्यवस्था परिवर्तनको संवाहक राजनीतिक दलका नेताहरूको जेलजीवनको उपहास गरेकामा आपत्ति जनाए ।

उनले मेयर शाहप्रति लक्ष्य गर्दै भने, ‘काठमाडौंलाई अझ सुन्दर बनाउन तपाईंको योजना के छ ? आउनुहोस् हामीसँगै काम गरौँ । उत्तेजना फैलाउने उच्छृङ्खल गतिविधि नगर्न म आग्रह गर्छु ।’

सांसद भट्टराईले सहकारी ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिले सहकारीका तमाम नीतिगत समस्याका सन्दर्भमा स्पष्ट धारणा पेस गर्ने विश्वास व्यक्त गरे । उलने भ्रष्टाचारका सबै प्रकरणमा आफ्नो पार्टी अनुसन्धानका लागि तयार भएको पनि बताए ।

यस्तै गिरीबन्धु टी–स्टेटको जग्गा हिनामिनाको विषय लिएर एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि नियोजित ढङ्गले आक्षेप लगाइएको भन्दै सांसद भट्टराईले आक्रोश पोखे ।

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा अवरोध गरेका कारण नागरिकका धेरै विषय सदनमा उठाउन नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्