Logo
Logo

उदयपुरमा टिप्पर र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु


1k
Shares

कटारी (उदयपुर) । उदयपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिप्परले विपरीत दिसाबाट जाँदै गरेको प्रदेश १-०२-०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई आज त्रियुगा नगरपालिका-१ फुलजोरमा ठक्कर दिएको प्रहरी निरीक्षक विद्यालाल साहले जानकारी दिए । 

मृत्यु हुनेमा मोटरसाइकल चालक बेलका नगरपालिका-१ का ३० वर्षीय रवीन श्रेष्ठ र मोटरसाइकलमा सवार त्रियुगा-३ का २४ वर्षीय विरा राई रहेका छन् ।

प्रहरी निरीक्षक साहका अनुसार टिप्पर चालक त्रियुगा-७ का ३१ वर्षीय भीमबहादुर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्