Logo
Logo

पार्टीको अखडा बन्दै टेलिकम, एमडी नियुक्त गर्न नियम संशोधन


693
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको एमडी नियुक्त गर्न नियम संशोधन गरेको छ । एमडी नियुक्तका लागि मन्त्रालयले दरखास्त आव्हान पनि गरेको छ । 

यसअघि नेपाल दूर सञ्चार प्राधिकरणको नेतृत्व माओवादी निकट भूपेन्द्र भण्डारीले पाएका छन् । कतिपयले भण्डारीलाई कमजोर कार्य क्षमताका कारण मुलुकमा इन्टरनेट सेवामा समस्या उत्पन्न भएको आरोप लगाएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्राधिकरणको अध्यक्ष बनाउन नियमावली पनि संशोधन गराएका थिए । त्यस्तै टेलिकमको पनि नियमावली संशोधन गरिएको छ । 

संशोधित नियमावली अनुसार सिभिल र मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर उत्तीर्ण गरेकाहरूले पनि एमडी बन्न पाउनेछन् । यसअघि मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेकट्रोनिक्स इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङमध्ये एक विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण हुनुपर्ने थियो ।

नयाँ नियममा एमडी बन्ने उमेर५८ वर्ष कायम गरिएको छ । यसअघि ५६ वर्ष थियो । यस अघिसम्म नेपाल दूर सञ्चार कम्पनी वा सो प्रकृतिका दूर सञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायको व्यवस्थापकीय नेतृत्वमा कम्तीमा ३ वर्षसहित १३ वर्ष काम गरेको अनुभव आवश्यक पर्ने व्यवस्था थियो ।

अहिले व्यवस्थापकीय नेतृत्वको ३ वर्षे अनुभव हटाइएको छ । अब जुनसुकै तहमा १३ वर्ष काम गरेको अनुभव भए एमडी बन्न पाउनेछन् । 

टेलिकमका अघिल्ला एमडी सुनिल पौडेल भ्रष्टाचार मुद्रामा दोषी ठहर भएपछि ढिलो गरी सरकारले टेलिकममा एमडी नियुक्ति प्रक्रिया अघि बढाएको हो । 

प्रतिक्रिया दिनुहोस्