Logo
Logo

विश्वकपमा आज भारत र आएरल्याण्ड भिड्दै


3.3k
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा आज पूर्वविजेता भारत र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी इन्टरनेसनल क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ ।

सन् २००७ मा भएको पहिलो संस्करणको विश्वकप भारतले जितेको थियो । त्यसयता उसले उपाधि हात पार्न सकेको छैन । जारी विश्वकपअन्तर्गत मंगलबार राति भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले हारेको छ ।

स्कटल्यान्ड र इङ्ल्यान्डबीचको खेल भने रद्द भयो । अर्को खेलमा अफगानिस्तानले युगान्डालाई १ सय २५ रनले हरायो ।

प्रतिक्रिया दिनुहोस्