Logo
Logo

दाङमा श्रीमतीको हत्या गरी भागेका सेनाका जवान पक्राउ


1.9k
Shares

काठमाडौं । दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीका बुढाथोकीको खुकुरीले हानेर हत्या गरेका हुन् ।

श्रीमतीको हत्यापछि खुकुरी लिएर भागेका बुढाथोकीलाई प्रहरीले तुलसीपुरबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

सल्यानको कपुरकोट घर भएका शालिकराम ज्वालादल गण बारामा कार्यरत थिए । उनीहरू गोकर्ण चन्दको घरमा डेरा गरी बस्दै आएका थिए । प्रवक्ता थापाका अनुसार घटना आज शुक्रबार बिहान ८ बजेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्