Logo
Logo

प्रधानमन्त्री कप भलिबलमा महिलातर्फको उपाधी पुलिसलाई


189
Shares

काठमाडौं । आठौं प्रधानमन्त्री कप भलिबल लिगमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले लिगमा अपराजित रहँदै फाइनल पुगेको एभरेष्ट भलिबल क्लब बुटबललाई ३-२ ले पराजित गरेको हो । पुलिसले एभरेष्टलाई २५-२१, २५-२३, २०-२५, २०-२५ र १५ -१२ को सेटमा पराजित गरेको हो ।

पहिलो र दोस्रो सेटमा लगातार जित हात पारेको पुलिसले तेस्रो र चौथो सेट भने गुमायो । पाचौं सेट जित्दै डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधि रक्षा गरेको हो ।

सातौं प्रधानमन्त्री कपमा एपीएफलाई हराउँदै च्याम्पियन बनेको पुलिसले गत चैतमा सम्पन्न आरबीबी भलिबल लिगमा भने एभरेष्टसँग पराजित हुँदै उपबिजेतामा चित्त बुझाएको थियो । शनिबार नै पुरुष तर्फको फाइनल खेल गण्डकी प्रदेश र हेल्प नेपालबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्