Logo
Logo
टी-२० विश्वकप

आज आमने सामने हुँदै भारत र पाकिस्तान


819
Shares

काठमाडौं । अमेरिका र वेस्टइन्डिजमा जारी टी–२० विश्वकपअन्तर्गत आज राति भारत र पाकिस्तान आमने सामने हुँदैछन् । समूह ए अन्तर्गत यो खेल नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राती सवा ८ बजेबाट सुरु हुनेछ ।

चिरपरिचित यी प्रतिद्वन्द्वीको खेललाई टी–२० विश्वकपकै सबैभन्दा ठुलो खेल भनिएको छ । पहिलो खेलमा भारतले आयरल्याण्डविरुद्ध सहज जित निकाल्दा पाकिस्तानले अमेरिकासँग हार बेहोरेको थियो । सुपर–८ मा पुग्ने सम्भावना कायमै राख्न पाकिस्तानलाई यो खेल जित्नैपर्ने दबाब छ ।

यो खेल हारेमा पाकिस्तानको सुपर–८ मा पुग्ने सम्भावना कठिन हुनेछ । २०२२ मा भएको टी–२० विश्वकपमा फाइनलमा पराजित पाकिस्तान त्यसयता खराब प्रदर्शन गरिरहेको छ । भारत भने पछिल्लो समय उत्कृष्ट लयमा छ ।

प्रतिक्रिया दिनुहोस्