Logo
Logo

विद्यार्थीले जलाए सरकारी गाडी


693
Shares

विराटनगर । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडीमा आगो लगाएर जलाइदिएका छन् । केही दिनअघि विद्यार्थीको एउटा समूहले रंगली नगरपालिकाभित्रै पसेर नगर प्रहरीमाथि आक्रमण गरेपछि ६ जनालाई पक्राउ गरेको थियो । त्यसको विरोधमा उत्रिएका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् ।

उनीहरुले गुडिरहेको प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेको प्रहरीले जनाएको छ । गाडीको विवरण खुलिनसकेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन् ।

निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका विद्यार्थीले नगर प्रहरीमाथि शुक्रबार आक्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्