Logo
Logo

टी-२० विश्वकपः पाकिस्तानले टस जित्यो‚ भारतको पहिलो ब्याटिङ


252
Shares

काठमाडौं । वर्षा बाधक बन्दा टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज भारत र पाकिस्तानको खेल ढिला गरि शुरु भएको छ ।

नेपाली समयअनुसार राति सवा ८ बजे खेल हुने तय भए पनि पानी परेपछि मैदान हिलो भएर खेल शुरु हुन निर्धारित समयभन्दा ढिला हुन पुगेको हो ।

वर्षा रोकिएपछि न्युयोर्कस्थित नासाऊ काउन्टी अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा अहिले खेल टस भएको छ । पाकिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि भारतले शुरुवाती ब्याटिङ गर्ने भएको छ ।

सुपर ८ को सम्भावना जीवितै राख्न पाकिस्तानले आजको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा पाकिस्तान अमेरिकासँग पराजित भएको थियो ।

पाकिस्तान र भारतको खेल हेर्न समर्थकहरुले महँगो मूल्यमा टिकट किनेका छन् । रंगशालामा बसेर यो खेल हेर्न समर्थकहरुले एउटा टिकटका लागि ४० हजार रुपैयाँभन्दा बढी खर्च गरेका छन् ।

आजै भएको पहिलो खेलमा वेस्ट इण्डिजले युगान्डालाई १३४ रनको विशाल अन्तरले पराजित गरेको छ ।

जितका लागि वेष्ट इण्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा ३९ रनमा अलआउट भएको थियो ।

टी–२० विश्वकपमा युगान्डाले बनाएको ३९ रन अहिलेसम्मकै सबैभन्दा न्यून स्कोर हो। यसअघि सन् २०१४ मा श्रीलंकाले नेदरल्याण्ड्सलाई ३९ रनमा अलआउट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्