Logo
Logo

सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ


4.7k
Shares

काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन् ।

बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

प्रहरीले बैंकका सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, गीता प्रधान, रोशनकुमार निरौला, मनबहादुर राई, रणबहादुर श्रेष्ठ, उमाकुमारी श्रेष्ठ, राजेशकुमार दली र शिवगोपाल रिसाललाई पनि नियन्त्रणमा लिएको छ ।

यसअघि सो प्रकरणमा प्रहरीले बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरिसकेको छ ।

तत्कालीन सेञ्चुरी बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं र उनका परिवारको लगानीका चारवटा कम्पनीमा ऋण लगानी गरेको थियो ।

त्यसमा करिब ८० करोड रुपैयाँ मात्रै पर्ने धितो राख्दा चौलागाईंलाई सेञ्चुरीले २ अर्ब २५ करोड रुपैयाँ ऋण दिएको खुलेको थियो ।

कमसल धितोमा अधिक कर्जा लगानी गरेको भेटिएपछि १० जना पक्राउ परेका थिए। यससम्बन्धी अनुसन्धान सीआईबीले गरिरहेको छ । सेन्चुरी कमर्सियल बैंक अहिले प्रभु बैंकमा गाभिएको छ।

प्रतिक्रिया दिनुहोस्