Logo
Logo

मुख्‍यमन्त्री सुरेन्द्रराज पाण्डेले मागे विश्वासको मत


1.1k
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्री पाण्डेले आज बसेको प्रदेशसभा बैठकमा संवैधानिक व्‍यवस्थाअनुसार आफूले विश्वासको मत लिनुपर्ने भएकाले उक्त विश्वासको मत लिन लागेको बताए ।

पाण्डेले आफू नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको र उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेको पनि उनले बताए ।

संविधानको रक्षा र प्रदेश संरचनाको रक्षा आफूहरू सबैको जिम्मेवारी रहेको पनि उनले बताए । असार १ गते बजेट ल्याउनुपर्ने, त्यसअघि नै नीति तथा कार्यक्रम पारित गर्नुपर्ने दायित्व पनि सरकारको रहेको हुनाले आफूले विश्वासको मत लिएर उक्त काम गर्न लागेको पनि उनले बताए ।

सरकारलाई स्थायित्व बनाउन र जनताको चाहना पूरा गर्नका लागि पनि आफूलाई विश्वासको मत दिन उनले सबै सांसदहरूलाई अनुरोध समेत गरे ।

गण्डकीका प्रदेशका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

गण्डकीमा विश्वासको मतका लागि ३१ सांसदहरुको समर्थन आवश्यक छ । तर, कांग्रेससँग २७ सिट मात्रै छ । कांग्रेसलाई २ सिट रहेको राप्रपा र स्वतन्त्रको एक मत प्राप्त भए पनि बहुमत पुग्ने देखिँदैन। गण्डकीमा एमालेको सभामुखसहित २२ र माओवादी केन्द्रको ८ सांसद रहेका छन् ।

गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत पाउने आशा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्