Logo
Logo

सशस्त्रमा भ्रष्टलाई भण्डारको जिम्मा


6.7k
Shares

काठमाडौं । सशस्त्र प्रहरीमा केही सदाबहार बदनाम पात्रका कारण संगठनले विभिन्न समस्या खेप्दै आएको छ । ती पात्र संगठनको हितमा काम त गर्दैनन् नै उनीहरू महत्वपूर्ण जिम्मेवारीविना बस्न पनि सक्दैनन् । त्यस्तै पात्र हुन् एसएसपी भरत खनियाँ ।

शक्तिको आडमा संधै कमान्डमा बस्न रुचाउने उनी अहिले भन्डार महाशाखा पुगेका छन् । केही समयअघि सशस्त्रको बलम्बुस्थित गोदाममा आगलागी भयो । सो आगलागीमा भन्डारमा काम गर्ने कर्मचारी दोषी भन्दै मुख्यालयले त्यसका प्रमुख एसपी राजेन्द्र श्रेष्ठलाई जिम्मेवारीबाट हटाइयो । त्यही जिम्मेवारीमा अहिले खनियाँ पुगेका छन् ।

नवलपरासीस्थित गणमा हुँदा एसएसपी खनियाँले घुमुवा राखेका सिपाही घुससहित पक्राउ परेका थिए । त्यसबेला उनीमाथि समेत कारबाहीको तयारी भएको थियो । तर, शक्तिकेन्द्रको आडमा कारबाहीबाट जोगिएका थिए । त्यसलगत्तै डोटी गणमा सरुवा भएका खनियाँ कमाइ राम्रो नहुने भएपछि रुपन्देही आउने प्रयासमा थिए ।

त्यसबेला एसपी शंकर खनालको रुपन्देही काज सरुवा भएको थियो । एसपी खनाल रुपन्देहीका लागि प्लेन टिकट काटेर भोलिपल्ट जाने तयारीमा थिए । तर, खनियाँले शक्तिकेन्द्रको आडमा काजनै उल्ट्याएर डोटी गणबाट रुपन्देही जान सफल भए । जबकी, एउटा गण कमान्डमा भएको व्यक्ती अर्को गण जानुनै कमाउ धन्दाको लागि हो भन्ने बुझ्न गाह्रो छैन ।

पछि उनी पुनःसर्लाहीको गणपति हुन सफल भए । सर्लाही बस्दा ब्यापक मात्रामा तस्करी गराएको आरोप लागेको थियो भने मुख्यालयले पनि पटक पटक तान्ने प्रयास गरेको थियो । तर, उनी संधै यस्ता बदमासीबाट जोगिदै आएका छन । अहिले भन्डार जान सफल उनको दिनभरी मुख्यालयका शाखा र आइजिपिको सचिवालयमा गफ लडाउने बाहेक काम नभएको श्रोतको दाबी छ ।

कामभन्दा गफ बढी गर्ने उनले अब भन्डारको विकृति अन्त्य गर्छ्न् भन्ने सोच्नुनै गलत भएको मुख्यालयका एक अधिकृत बताउँछन् । एसएसपी खनियाँ कमाण्डविना बस्न नसक्ने भएका कारण नै त्यहाँ गएका हुन् । गृहमन्त्री रवि लामछिानेको सचिवालयमा रहेका दिपक बोहोरासँग उनको पुरानो सम्बन्ध रहेका कारण पनि उनी त्यहाँ जान सफल भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्