Logo
Logo

अख्तियारको निगरानीमा पूर्वमहानिर्देशक


2.6k
Shares

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सेटिङमा व्यापारीहरूसँग मिलेर पैसा कमाउने थलो भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान कसुर आकर्षित नै नहुने उजुरीमा व्यवसायी र कर्मचारीलाई बोलाएर सम्पत्ति विवरणको ‘फाराम भराउने’ र ‘तर्साउने’ तथा प्रहरी लगाएर बार्गेनिङ गरेर पैसा उठाउने गरेको सूचना अख्तियारमा पुगेपछि सम्पत्ति शुद्धीकरणका पूर्वमहानिर्देशक पुष्पराज शाहीमाथि अख्तियारले निगरानी बढाएको छ ।

सम्पत्ति शुद्धीकरणका पूर्वमहानिर्देशक पुष्पराज शाही

शाहीले पदको दुरुपयोग गरेर करोडौँ घुस असुलेको सूचना अख्तियारमा पुगेको छ । अब शाही स्वयं ‘अकुत’मा अख्यिारको फन्दामा पर्ने सम्भावना देखिन्छ । जसका कारण विभागका तत्कालीन महानिर्देशक सहसचिव शाही अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेका छन् ।

विभागले आफैं उजुरी सिर्जना गरेर त्यसैका आधारमा व्यक्तिहरूलाई बोलाउने र तर्साउने गरेको व्यवसायी र कर्मचारीले गुनासो गरेको मात्र होइन व्यापारीहरुलाई प्रहरी लगाएर तर्साउने र लाखौ रुपैया बार्गेनिङ गरेर छाड्ने गरेको पाइएको छ ।

तत्कालीन महानिर्देशक शाहीको निर्देशनमा विभागका अधिकारीहरूले आफ्नो काम गरिरहेका कर्मचारी र व्यवसायीहरूलाई केरकार गरेपछि त्यहाँ खटिएका प्रहरी अधिकारीमाथि समेत नैतिक रुपमा प्रश्न उठेको छ ।

यो विषयले प्रधानमन्त्री कार्यालय र अख्तियारमा प्रवेश पाएको थियो । यसअघि कहिल्यै नसुनिएको–नदेखिएको यस्तो गतिविधि शाही त्यहाँ गएदेखि नै भएको थियो ।

शाहीको सरुवा भइसकेको अवस्थामा पनि त्यहाँ प्रहरीले शाहीकै कदमलाई निरन्तरता दिएका छन् । तत्कालीन महानिर्देशक शाहीले २० कर्मचारीलाई विभागमा बोलाएका थिए । केही व्यापारीलाई पनि बोलाएर सम्पत्ति विवरण माग्ने र केही शंकास्पद व्यक्तिको मुद्दालाई तामेलीमा राख्न निर्देशन दिएका थिए । बारा, पर्सा, रौतहट र चितवनका व्यापारीहरू सँग प्रहरी लगाएर २०–२० लाख बार्गेनिङ गरेको स्रोतको दाबी छ ।

तत्कालीन महानिर्देशक शाहीले नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरूलाई प्रयोग गरेर कर्मचारीलाई बोलाउने र थुन्ने धम्की दिने गरेको थाहा पाएपछि अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले दुई पटक बोलाएर चेतावनी दिएपनि उनले अटेर गरेपछि सरुवा भएको थियो ।

शाही अघिका सहसचिव अर्जुन भण्डारीले पनि सम्पत्ति विवरणको फाराम भराएर तर्साउने गरेका थिए । सोही प्रकरणमा उनलाई प्रधानमन्त्री कार्यालयले दुई साताअघि सरुवा गरी त्यहाँ कमलराज भट्टराईलाई पठाएको छ ।

त्यहाँ नेपाल प्रहरीका एसपी कृष्ण पंगेनी पनि छन् । उनकै नेतृत्वमा प्रहरी परिचालन हुने गरेको छ । पंज्ञेनी तिनै प्रहरी अधिकृत हुन्, जसले ६० किलो सुन प्रकरणमा मुछिएकी कमला रोकालाई पक्राउ गरेर पनि छाडिदिएका थिए ।

उनको सिडिआर रिपोर्टमा पनि कमला रोकासँग कुराकानी भएको देखिन्छ । सरकारी सेवामा प्रवेश गरेदेखि नै विवादित रहेका शाहीलाई एसपी पंज्ञेनीले साथ दिएको स्रोतको दाबी छ ।

एक पत्रकारलाई पनि उनले सम्पत्ति फाराम भराएका छन् । सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गतको निकाय हो । प्रधानमन्त्री मातहत रहेको विभागले नै आर्थिक बार्गेनिङ गरेपछि मुलुकमा सुशासनको धज्जी उडेको छ ।

शाहीलाई त्यहाँ प्रचण्डकै घरधनी शारदा अधिकारीले लगेका थिए । काठमाडौंमा स्वास्थ्यसम्बन्धी व्यवसाय गर्ने एक प्रतिष्ठित व्यक्तिलाई पनि तत्कालीन महानिर्देशक शाहीको निर्देशनमा बोलाएर विभागका अधिकारीले केरकार गरेका थिए । तर, ती व्यवसायीले त्यसको रेकर्ड नै प्रधानमन्त्रीसमक्ष पु¥याएको दाबी स्रोतको छ । व्यवसायी नेपाली चलचित्रकी चर्चित हिरोइनकी श्रीमानसमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्