Logo
Logo

आइजीपीको लागि दौडधुप


12.9k
Shares

काठमाडौं । घर जाने दिन नजिकिदै गर्दा पनि नेपाल प्रहरीका एआइजी श्याम ज्ञवालीको आइजीपी हुने चाहानामा कमी आएको छैन । नक्कली भूटानी शरणार्थीको अनुसन्धान गरेर चर्चामा आउनुअघि नै प्रधानमन्त्री प्रचण्डकी सुपुत्री गंगा दाहालमार्फत किचन क्याविनेटभित्र पहुँच पुर्याउन सफल भएका एआइजी श्याम ज्ञवालीले यसपटक बालकोटका ‘बा’ केपी ओलीलाई पनि भेटर धोका मेटाउन खोजेका छन् ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा नारायणकाजी श्रेष्ठसँग मिलेर बालकोटलाई बद्नाम गर्न खोजेको भन्दै ओली ज्ञवालीसँग रुष्ट छन् । नक्कली भूटानी शरणार्थी काण्डमा ओलीका पिए राजेश बज्राचार्य मुछिएका छन् ।

एआइजीद्वय टेकप्रसाद राई र दीपक थापासहित संयुक्त रुपमै बालकोट पुगेका थिए । राइले अहिलेको सिनारियोबारे चर्चा गरेका थिए भने, थापाले भावी नेतृत्वबारे चर्चा गरेका थिए । राती अबेरसम्म भएको भेटघाटमा एमाले अध्यक्ष ओलीले आइजीपीले ठूलै गलत गरे मात्रै हटाउने तर, अहिलेको अवस्था ठिकठाक रहेदा चलाउनुपर्ने आवश्यकता नभएको बताएका थिए ।

ज्ञवालीलाई बालकोटले रातो बत्ति बालेपछि ज्ञवाली अहिले दिनहुँजसो उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको क्वार्टरमा पुग्ने गरेका छन् । भदौ २६ गते उनी उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि उनी अहिलेका आइजीपी वसन्त कुँवरलाई हटाएर केही समय आइजीपी हुन चाहन्छन् । उनी आइजीपी कुँवरलाई थाहै नदिई दैनिक गृहमन्त्रीको कार्यकक्ष र निवासमा पुग्ने गरेका छन् ।

सिआइबीले कुनै पनि मुद्दाको अनुसन्धान र दर्ता गर्ने कि नगर्ने भनेर तोक आदेश आइजिपीबाट लिने हो । तर, सिआइबीले कोही कसैलाई पक्राउ गर्नुपर्यो भने पनि आइजीपी वा आइजीपीको सचिवालयलाई जानकारी हुन जरुरी छ । तर, ज्ञवालीले यो विषयलाई वेवास्था गर्दै सिधै गृहमन्त्रीसँग भेटघाट र सल्लाह दिने तथा निर्देशन लिने काम गरिरहेका छन् ।

अहिले गृहमन्त्री र आइजीपीको सम्बन्धमा हल्का दरार उत्पन्न भएको छ । सूर्यदर्शन सहकारीको विषयलाई लिएर उनीहरूबीच दरार उत्पन्न भएको हो । अझ एआइजी ज्ञवालीलाई मन्त्रीको चेम्बरमा भेटेपछि त झन आइजीपी गृहमन्त्रालय जानै छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्