काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा फाइनान्स कम्पनीहरूले झन्डै करिब ७० करोड रुपैयाँ घाटा बेहोर्नु परेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको साउनदेखि वैशाख मसान्तसम्मको तथ्यांकअनुसार फाइनान्स कम्पनीहरूको खुद घाटा ६९ करोड २६ लाख रुपैयाँ पुगेको हो ।

तथ्याङ्क अनुसार सबैभन्दा धेरै पोखरा फाइनान्सले घाटा बेहोर्नु परेका छ । यो फाइनान्सको खुद घाटा १७ करोड ३३ लाख रुपैयाँ छ । समृद्धि फाइनान्सले१३ करोड ३६ लाख, जानकी फाइनान्सले ९ करोड ६९ लाख रुपैयाँ घाटा बेहोरेको छ ।
त्यस्तै गुडविल फाइनान्सले ७ करोड ४८ लाख, प्रोग्रेसिभ फाइनान्सले ६ करोड १४ लाख, सेन्ट्रल फाइनान्सले ५ करोड २३ लाख, रिलायन्स फाइनान्सले ५ करोड २ लाख र गुह्येश्वरी मर्चेन्टले ४ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोरेका छन् ।
नाफामा कुन फाइनान्स ?
यता वैशाख मसान्तसम्म १७ मध्ये ९ फाइनान्स कम्पनी भने नाफामा छन् । सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा मञ्जुश्री फाइनान्स छ । यो फाइनान्सले २० करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ ।
मञ्जुश्रीपछि गोर्खाज फाइनान्सले ६ करोड ५३ लाख, आइसीएफसी फाइनान्सले ४ करोड ८९ लाख, एनएसएमले २ करोड ८ लाख र मल्टिप्रपोसले १ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । सी मर्चेन्टले १ करोड ५३ लाख, वेष्ट फाइनान्सले ३९ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल फाइनान्सले १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।














