Logo
Logo

गण्डकी प्रदेशले ल्यायो ३२ अर्ब ९६ कराेड बजेट


189
Shares

पाेखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । गण्डकी सरकारले आर्थिक वर्ष २०८१/०८२ काे लागि ३२ अर्ब ९६ कराेड ८५ लाख बजेट ल्याएकाे छ ।

चालुतर्फ १३ अर्ब १६ कराेड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ कराेड कराेड बजेट विनियोजन गरेको आर्थिक मामिला मन्त्री टकराज गुरूङले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट ३३ अर्ब ८२ कराेड थियाे । बजेटको यो आकार चालु आर्थिक वर्षकाे भन्दा ८५ कराेडले कम बजेट हो । गण्डकी प्रदेशले पर्यटन, कृषि, खानेपानीमा जाेड दिए पनि पूर्वाधारमै ठूलाे बजेट छुट्याएकाे छ ।

१२ अर्ब ७० कराेड रूपैयाँ भाैतिक पूर्वाधार क्षेत्र, खाद्यान्य उत्पादन वृद्धि गर्न १२ कराेड रूपैयाँ, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि २ अर्ब ९ कराेड रूपैयाँ विनियाेजन गरेकाे मन्त्री गुरुङले जानकारी दिए ।

त्यस्तै, सामाजिक क्षेत्रका लागि २ अर्ब ९ कराेड रूपैयाँ, आगामी वर्ष गण्डकी प्रदेश सभाकाे भवन पनि निर्माणका लागि ९ कराेड रूपैयाँ, कम्तीमा ७० प्रतिशत घरमा खानपानी धारा जडान गर्न ८ कराेड रूपैयाँ र ४ अर्ब रूपैयाँ ऊर्जाकाे क्षेत्रमा छुट्याएकाे छ ।

प्रतिक्रिया दिनुहोस्