Logo
Logo

लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९५ करोड


315
Shares

बुटवल । लुम्बिनी प्रदेशको आर्थिक वर्षको बजेट सार्वजनिक भएको छ। प्रदेश सरकारले आर्थिक चालुवर्ष २०८१/८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेश सरकारले कृषि, स्वास्थ्य, पर्यटन र पुर्वाधारका अधिकांश पुराना र अधुरा आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिएर बजेटमा रकम विनियोजन गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।

प्रदेश सरकारले बजेटको आकार गत वर्ष भन्दा २ अर्बले घटाइएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटमा प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने रकमतर्फ १ करोड ४ लाख ६४ हजार, आगामी आर्थिक वर्षको कूल खर्च ३८ करोड ९७ करोड विनियोजन गरिएको मन्त्री आचार्यले जानकारी दिए ।

विनियोजन रकममध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ छ । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्