काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्तूपा स्वास्थ सेवा सहकारी संस्था लि. बीच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

चुच्चेपाटी, काठमाडौं स्थित सिटिजन्स बैंक र सहकारी संस्थाबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
यो सँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले स्तूपा स्वास्थ सेवा सहकारी संस्थामा १० प्रतिशत सम्मको छुट पाउनेछन् ।














