काठमाडौं । नेपाल टेलिकमले विभिन्न आकर्षक प्याकेज अफर ल्याएको छ । टेलिकमले आफ्नो ग्राहकका लागि जिएसएम मोबाइल र एफटिटिएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेज उपलब्ध गराउने भएको छ ।
टेलिकमका अनुसार उक्त अफर असार १ गतेदेखि लागु हुनेछ । अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत ५९९ रूपैयाँमा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने (अनलिमिटेड अन–नेट भ्वाइस) तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ–नेट भ्वाइस) सेवा सहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध हुनेछ ।
टेलिकमका अनुसार सजिलो ६३६ प्याकअन्तर्गत ६३६ रूपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस, १५० मिनेट अफ–नेट भ्वाइस तथा १०० अन–नेट एसएमएसका साथै ९ जिबी डेटा सेवा उपलब्ध हुनेछ । यसका साथै सजिलो ७९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, ३० जिबी डेटा र १५० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो ९९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस सेवा, ६० जिबी डेटा र २०० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ ।














