काठमाडौं । हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच सम्झौता भएको छ । मंगलबार बैंक र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सो सम्झौता अनुसार सिटिजन्स क्यापिटलले बैंकको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्ने बैंकले जनाएको छ ।














