काठकाडाैं । सिटिजन्स बैंक र शुभ स्वस्तिक हस्पिटलबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ ।

समझदारीसँगै बर्दिबास, महोत्तरी स्थित शुभ स्वस्तिक हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले शुभ स्वस्तिक हस्पिटलका सेवाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।
अस्पताल सँगको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले जनाएको छ ।














